बैतडीमा निःशुल्क रुपमा सोलार वितरण

बैतडीमा निःशुल्क रुपमा सोलार वितरण

बैतडी, ३ चैत । गाउँपालिकालाई उज्यालो बनाउने उद्देश्यले बैतडीको दोगडाकेदारमा निःशुल्क रुपमा सोलार वितरण भइरहेका छन् । 

    विद्युत् सेवाको पहँुच बाहिर रहेका दलित परिवारलाई ‘उज्यालो दोगडाकेदार’ कार्यक्रमअन्तर्गत निःशुल्क रुपमा एक हजार सोलार वितरण गरिन लागिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरसिंह विष्टले जानकारी दिनुभयो । 

    सो गाउँपालिकाको वडा नं १ का ८५ घरपरिवालाई सोलार वितरण गरी सो कार्यक्रम शुरु गरेको उहाँले बताउनुभयो । दोगडाकेदार गाउँपालिकाको २० लाख तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको थप अनुदान सहयोगमा सोलार वितरण गरिन लागिएको हो । 

    वडा नं १, २, ६ र ८ का दलित बस्तीमा विद्युत्को पहँुच बाहिर रहेका सम्पूर्ण घरधुरीलाई एक÷एक थान सोलार वितरण गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभयो । वडा कार्यालयबाट लगत मागेर सम्बन्धित वडाध्यक्ष र सचिवको रहोवरमा सोलार वितरण भइरहेका दोगडाकेदार गाउँपालिकाले जनाएको छ । 

    सो गाउँपालिकाभित्र एक हजार बढी दलित परिवार रहेका छन् । ‘उज्यालो दोगडाकेदार’ गाउँपालिकाका रुपमा चिनाउनका लागि सोलार वितरण गरिन लागेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।