माओवादीले यथास्थितिमा एमसीसी स्वीकार गर्दैन : नारायणकाजी श्रेष्ठ

माओवादीले यथास्थितिमा एमसीसी स्वीकार गर्दैन : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन नगर्ने स्पष्ट पारेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच महिनाभित्र संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता पत्र एमसीसीलाई लेखेको सार्वजनिक भएकै दिन नेता श्रेष्ठले यथास्थितिमा संसदबाट एमसीसी स्वीकार नगर्ने बताएका हुन् ।

‘प्रम देउवा र अध्यक्ष प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनेर सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ । पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकार गरिने छैन,’ उनले आइतबार ट्विट गरेका छन् ।