बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच छलफल सुरु

बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच छलफल सुरु

बालुवाटारमा सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।  

प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनको प्रमुख एक घटक, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल सुरु भएको हो। 

प्रधानमन्त्री देउवाको निम्तोमा एमाले अध्यक्ष ओली आइतबार अपराह्न बालुवाटार पुगेका हुन् । तीन नेताबीच अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता र आसन्न स्थानीय निर्वाचनबारे छलफल हुने जनाइएको छ।