सुदूरपश्चिमेली नेपाली समाज भारतको दोस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा बिष्ट चयन

सुदूरपश्चिमेली नेपाली समाज भारतको दोस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा बिष्ट चयन

धनगढी । सुदूरपश्चिमेली नेपाली समाज भारतको दोस्रो महाधिवेशन सम्पन्न भएको छ । आइतबार 'सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली' भने मूल नाराका साथ समाजको दोस्रो महाधिवेशन सम्पन्न भएको हो ।

सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दीपक प्रकाश मल्लको सभापतित्वमा भएको अधिवेशन कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका दिर्तिय उपाध्यक्ष रामचन्द्र ओझा रहेका थिए ।

कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका द एसिया संयोजक दिनेश खड्का 'खप्तडि', सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष तुलाराम धामी र सुदूरपश्चिमेली नेपाली समाज साउदी अरेबियाका वरिष्ठ उपाध्यक्ष पदम महतको सहभागिता रहेको थियो ।

यस्तै सुदूरपश्चिमेली नेपाली समाज साउदी अरेबियाका कोषाध्यक्ष राम बहादुर रोकाया,सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका संरक्षक समीर मल्ल, सुदूरपश्चिमेली नेपाली समाज साईप्रस का अध्यक्ष डम्बर बहादुर खड्का र भारतमा क्रियाशील संघ संस्था लगायत विभिन्न देशबाट समाजको प्रतिनिधित्व गर्दै अतिथिको सहभागी भएका थिए ।

यस्तै आइतबार भर्चुअल मार्फत भएको महाधिवेशनले कटक बहादुर बिष्टको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा मान ब साउद, दितीय उपाध्यक्षमा बल बहादुर जयगडी, महासचिवमा महादेव भट्ट, सचिव कविराज पाण्डेय, कोषाध्यक्षमा वासुदेव जोशी, सह कोषाध्यक्षमा हर्क रावत रहेका छन् ।

यसै गरी महिला संयोजकमा अमृता ढकाल रावल, भारत उत्तर संयोजकमा दीपक धमला, सह(संयोजकमा केशव दत्त भट्ट, भारत पश्चिम संयोजकमा डिल्ली राज जोशी, सह-संयोजकमा पदम साउद, भारत दक्षिण संयोजकमा हर्क देउवा, सह संयोजकमा धिरज विष्ट, सदस्य तथा खेलकुद विभागमा जनक ढुङ्गाना चयन भएका छन् ।

यस्तै सदस्य हरुमा क्रमशः गणेश बोगटी, अनिल बलायर, राम बहादुर खडायत, भीम बहादुर ज्वाला, अमर ऐर, जयदेव भट्ट, विशाल रोकाया, चन्द्रकान्त भण्डारी, कुशल साउद, तारामान साउद, धर्मराज धमला, गोपाल दत्त जोशी, केशर साउद, शंकर खड्का, पुरन धमला, विजय बि.सी रहेको छन् ।

यस्तै तिन सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । वरिष्ठ सल्लाहकार मोहन वीर साउद, सल्लाहकार क्रमशः चन्द्र कुँवर, नागेन्द्र जोशीलाई चयन गरिएको छ । भने महिला संयोजक र दुई जना सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनीत गर्नेछ ।

सुदूरपश्चिमेली नेपाली समाज भारत का सह-कोषाध्यक्ष वासुदेव जोशीको स्वागत मन्तव्यबाट भएको उद्घाटन सत्र कार्यक्रमको सञ्चालन सुदूरपश्चिमेली नेपाली समाज भारत पश्चिम संयोजक कविराज पाण्डे र कोषाध्यक्ष महादेव भट्टले गरेका थिए ।

भारत लगायत प्रवासमा रहेका सुदूरपश्चिमेलीहरुको हकहित, अधिकार,सुरक्षाका साथै प्रवासबाट सुदूरपश्चिमको आर्थिक, सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले पाँच वर्षअघि सुदूरपश्चिमेली नेपाली भारतमा गठन भएको थियो ।