सुदूरपश्चिममै पहिलोपटक सञ्चाललनमा आयो 'धनगढी कण्डम हाउस एण्ड सेक्स टोय शप'

सुदूरपश्चिममै पहिलोपटक सञ्चाललनमा आयो 'धनगढी कण्डम हाउस एण्ड सेक्स टोय शप'

धनगढी।  कैलालीको धनगढीमा ‘कण्डम हाउस एण्ड सेक्स टोय शप’ संञ्चालनमा आएको छ । विभिन्न सहरमा हरेक वर्ष कण्डम र सेक्स टोयको व्यापार बढ्दै गएपछि धनगढीकोे ट्राफिक चौराहा नजिक कण्डम हाउस एण्ड सेक्स टोय शप सञ्चालनमा आएको हो । आज एक कार्यक्रमकाबीच सो सपको उद्घाटन गरिएको छ । 

शपको सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् व्यवसायी गोपाल हमालले उद्घाटन गरे । सो अवसरमा शप सञ्चालक राजेश खतिवडाले कण्डमका विभिन्न भेराइटीहरुसंगै सेक्स टोयपनि उलब्ध रहेको बताए ।  ‘धनगढी कण्डम हाउस र सेक्स टोय शप सुदूरपश्चिम प्रदेशकै पहिलो हो’, उनले भने । 

सेक्सका कृत्रिम साधनहरु, भेजिना, फूलबडीदेखि महिलाहरुका लागि विभिन्न साइजका लिंग र भाइब्रेटर लिंगहरु कण्डम हाउस एण्ड सेक्स टोय शपमा पाइने सञ्चालक खतिवडाले बताए । उनले १५ लाख रुपैयाँ लागतमा कण्डम हाउस एण्ड सेक्स टोय शप सञ्चालनमा ल्याएको बताए ।