धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले डोटीका आयोजनाको निरीक्षण गरेका छन् । मङ्गलवार दिपायल सिलगढी नगरपालिकास्थित दिपायल, पिपल्ल्ला, घोल्तडा लिफ्ट खानेपानी, दिपायल बोगटान सहजपुर लगायतका सडकको निरीक्षण गरेका हुन् ।
मन्त्री सोडारीले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालयहरूको समेत अनुगमन गरेका छन् । डोटी जिल्ला स्थित खानेपानी, जलस्रोत तथा सिचाइ कार्यालय, पूर्वाधार विकास कार्यालय, सहरी विकास तथा भवन डिभिजन कार्यालय प्रमुखसँग आयोजना कार्यान्वयन बारे जानकारी लिएका छन् ।
अनुगमनको क्रममा आयोजना द्रुत गतिमा कार्यान्वयन गर्न कार्यालय प्रमुखहरूलाई मन्त्री सोडारीले निर्देशन समेत दिएका छन् ।