शहिद गोबिन्द गौतमको स्मृतिमा एक दिने रक्तदान कार्यक्रमको आयोजना हुने

शहिद गोबिन्द गौतमको स्मृतिमा एक दिने रक्तदान कार्यक्रमको आयोजना हुने

पुर्नवास :  कञ्चनपुरको पुर्नवास नगरपालीका ११ मा फागुन २६ गते शहिद गोबिन्द गौतमको स्मृतिमा एक दिने रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ ।

लालझाडी ११ युवा कल्बको आयोजनामा शहित गोबिन्द गौतमको स्मृतिमा बिगतका बर्षमा शहित गौतमको स्मृतिमा पेनाल्टी सुटआउट प्रतियोगिता गर्दै आएको थियो ।

तर यस बर्ष भने पछिल्लो समयमा रगत नपाएर अकालमै मृत्यु हुनेको संख्या बढ्दै गएकोले यसलाई मध्यनजर गरि एक दिने रक्तदानको आयोजना गर्न लागेको क्लबका अध्यक्ष काशिराम बोहराले बताउनुभयो ।

स्थानीय पुर्नवास नगरपालीका ११ को राष्ट्रिय मा.वीको खेल मैदानमा बिहान ११ बजेदेखी सुरु गर्ने आयोजकले जनाएको छ ।