कैलाली : कैलालीको लम्की चुहाँ नगरपालिकाबाट एकजना पक्राउ परेका छन । बिगत केही समय देखि आफु नेपाल प्रहरी केन्द्रबाट खटिई आएको हुँ भन्दै स्थानीय नागरीक र स्थानीय प्रहरीलाई समेत झुक्याउदै आएका जुम्लाको हिमी गाउपालिका घर भएका अन्दाजी २२ बर्षिय रोशन रोकालाई शुक्रवार उनलाई पक्राउ गरेको हो
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा डुडेझारीबाट सशस्त्र प्रहरी नायब उपरिक्षक नेत्र के.सीको कमाण्डमा बिशेष सुराकीको आधारमा खटिएको सात जनाको टोलीले उनको साथबाट दुई थान नक्कली पेस्तोल, दुइ थान मोबाइल र नगद ४ सय ८० रुपया समेत फेला परेको बताइएको छ ।
उनलाई थप कारबाहिका लागि इलाका प्रहरी कार्यालय बुझाइएको सशस्त्र प्रहरी नायब उपरिक्षक नेत्र के.सीले जानकारी दिनुभएको छ ।