टेक्टरको ठक्करबाट ५ वर्षिय बालक गम्भीर घाइते

टेक्टरको ठक्करबाट ५ वर्षिय बालक गम्भीर घाइते

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ गल्फैमा टेक्टरको ठक्करबाट एक जना बालक गम्भीर घाइते भएका छन् । 

घाइते हुनेमा सो ठाउका ५ वर्षिय बालक  निर्माण बुढाथोकी रहेका छ्न । शनिबार जिल्ला अस्पताल पछाडिको पुरानो सडकमा दाउरा बोकेर गुडिरहेको से १ च ३९६१ नम्बरको टेक्टरले ठक्कर दिदा बुढोथोकी घाइते भएका हुन् ।

घाइते बुढाथोकीको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभए पछि भारतको पिथौरागढ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिए । घाइते बालकको टाउको र पेटमा चोट लागेको छ ।