सुदूरपश्चिम प्रदेश सभाका सचिव धामीको नागरिकतामा छैन जन्म मिति, प्रमाण पत्र हेर्दा पुग्दैन तिथि

सुदूरपश्चिम प्रदेश सभाका सचिव धामीको नागरिकतामा छैन जन्म मिति, प्रमाण पत्र हेर्दा पुग्दैन तिथि

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सचिव राम सिंह धामीको नागरिकतामा जन्म मिति हुनु पर्नेमा सोझै वर्ष तोकेको पाइएको छ । 

धामीको जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट जारी गरिएको नागरिकतामा उनको जन्म कहिले भएको हो भन्ने प्रस्ट नखुलाई सोझै १८ वर्ष लेखेको पाइएको हो । 

अच्चमको कुरा त के भने उनले नागरिकता प्राप्त गरेको मिति २०३३/११/१० गते र शैक्षिक प्रमाण पत्रमा उल्लेख गरिएको जन्म मिति २०१६/११/२९ गते घटाउँदा उनलाई नागरिकता पाएको मिति सम्म १८ वर्ष समेत पुगेको देखिएको छैन । 

नागरिकतामा सोझै १८ वर्ष तोकिनु र शैक्षिक प्रमाण पत्रमा उल्लेख गरिएको मितिले फरक आँकडा देखाउँदा उनलाई अहिले कति वर्ष भयो ? हेर्नुहोस् क्रमशः नागरिकताको प्रतिलिपि र  शैक्षिक प्रमाण पत्रको प्रतिलिपि...

उनको प्रमाणपत्रहरू अपुष्ट भएर कानुनतः दण्डित हुनुपर्ने अथवा प्रश्न उठी सक्नुपर्ने भए पनि उनी सार्वजनिक पद धारण गरिराखेका छन् । र अहिले उनी प्रदेश सभाका सचिव रहेका छन् । 

कागजी तालमेल नै प्रस्ट नभएका धामीको शैक्षिक प्रमाण पत्रमा उल्लेख गरिएको जन्म मिति २०१६( फागुन २९ गतेका आधारमा हेर्ने हो भने प्रदेश सभा सचिवको पद नियुक्ति पनि उमेर हदवन्दि लाग्दै गर्दा दिइएको पाइएको छ ।

 

संविधानतः प्रदेश सभाको सचिव पदको लागी ४५ वर्ष पुरा भई ६० वर्ष ननाघेको स्पट आचरण र कागजात भएको व्यक्ति हुन पर्ने भएको पनि उनको भने उमेर अलमल जन्म मितिको आधार मान्ने हो भने पनि ६० वर्ष पुग्न केही महिना मात्रै बाकी रहेको देखिन्छ । नियुक्ति भएको केही महिनामै पदावधि सकिएका धामीले आज सम्म पनि राजीनामा दिएका छैनन् ।

उल्लेखित कागज पत्र र तथ्याङ्क हेर्दा धामीका कागज पत्रमा न जन्म मिति मिलेको छ । न त जन्मेको भनी उल्लेख गरिएको तिथि नै । यसले नेपालको संविधान र कानुनलाई गिज्याई रहेको छ ।