शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम ३ अर्ब ८२ करोड

शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम ३ अर्ब ८२ करोड

साताको अन्तिम दिनको कारोबारमा शेयर बजार मापक सूचक नेप्से ११.९६ अंकले घटेको छ ।

बिहीवार नेप्से परिसूचक ०.४३ प्रतिशतले घटेर २८०१.५६ विन्दू कायम भएको छ ।
 
शेयर बजारमा बिहीवार २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयरको ४९ हजार पटक कारोबार भएको छ । यसबाट जम्मा ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ ।

बजार घटेको दिन नबिल इक्युटीफण्ड, सिन्धु विकास बैंक, कुमारी इक्वुटीफण्ड, एनएमबी ५०, साल्ट ट्रेडिङ कर्पोरेसन सहितको शेयर मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ । बजार घटेका कारण मिथिला लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई स्मिक, नेरुडे लघुवित्त विकास बैंक, नेपाल फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रोपावर सहितका लगानीकर्ताले ३ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।

बिहीवार नेपाल टेलिकमको सबैभन्दा बढी २५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा बढी शेयर खरिद–बिक्री भने नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको ५ लाख २ हजार कित्ता शेयर किनबेच भएको छ ।

बजार घटेको भए पनि व्यापार समूह, म्युचुअल फण्ड र अन्य समूहको सूचक बढेको छ । यीबाहेक अन्य सबै समूहको सूचक घटेको छ ।