१० करोडको लागतमा 'नेपाल आमा' को मूर्ति निर्माण शुरू

१० करोडको लागतमा 'नेपाल आमा' को मूर्ति निर्माण शुरू

कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा रहेको धार्मिक पर्यटकीय क्षेत्र भम्केनीधाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य शुरु भएको छ । भ्याली कन्स्ट्रक्सन प्रालिले १० करोड ८१ लाखमा मूर्ति निर्माणको ठेक्का पाएको हो ।

महाकाली शारदापीठका जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मेचीकाली भ्रमण गरी मूर्ति निर्माणका लागि सुन, चाँदी, पित्तल, तामालगायतका धातु संकलनलन गरेका थिए । भ्रमणका क्रममा उनले एक करोड ८४ लाख ७२ हजार रकम संकल गरेका थिए ।

भीमदत्त नगरपालिकाकाले मूर्ति निर्माणका लागि एक करोड उपलब्ध गराउने घोषणा गरेको छ । मूर्ति निर्माणका लागि २२ देखि ३० टनसम्म धातुको प्रयोग हुने बताइएको छ ।

तीन वर्षभित्र निर्माण हुने मूर्ति निर्माणका लागि १२ हजार मजदूर आवश्यक पर्ने निर्माण कम्पनीले जनाएको छ। अष्टधातुको नेपाल आमाको ७५ फिट लामो मूर्ति बनेपछि नयाँ पर्यटकीय गन्तव्य स्थल बन्ने र यस क्षेत्रको महिमा बढ्ने जगतगुरुले बताए। तीन रोपनी क्षेत्रको जग्गामा मूर्ति राखिने छ।