नेपाल–भारत सीमानाका भोलिदेखि फागुन २ गतेसम्म बन्द

नेपाल–भारत सीमानाका भोलिदेखि फागुन २ गतेसम्म बन्द

दार्चुला । भारतको उत्तराखण्डमा १४ फेब्रुअरीमा हुने विधानसभा निर्वाचनको लागि दार्चुलाका नेपाल–भारत जोड्ने सीमानाका बन्द गरिने भएको छ ।

चुनावलाई लक्षित गरी यहि माघ २८ गते शुक्रवारदेखि फागुन २ गते सोमवारसम्म सीमानाका बन्द रहने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

बिहीवार प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले एक सूचना जारी गर्दै नेपाल–भारत जोड्ने सबै सीमापुल माघ २८ देखि फागुन २ गतेसम्म बन्द रहने जनाएको छ । नेपाल–भारत जोड्ने दार्चुलाका ६ वटा सीमा पुल रहेका छन् ।

नेपाल र भारतमा हुने गरेका हरेक निर्वाचनमा दुवै सीमावर्ती क्षेत्रका प्रशासनिक अधिकारीको आपसी सहमतिमा सीमा नाका सिल गर्ने गरिन्छ ।