बैतडीमा ग्रेडर मसिनको ठक्करबाट एक जना युवकको मृत्यु

बैतडीमा ग्रेडर मसिनको ठक्करबाट एक जना युवकको मृत्यु

बैतडी :  बैतडीमा ग्रेडर मसिनको ठक्कर बाट एक जना युवकको मृत्युभएको छ । पाटनगरपालिका वडा नं २ थलकुडाका १९ वर्षिय युवक पुर्णनन्द भट्टको मृत्युभएको हो ।

दैशकै १० औँ नमुना सहर पाटन बजार देखि एरर्पोटमा काम गर्न जान लागेको रोलरले पाटनकै तल्लोबजार भन्ने ठाउँमा युवकलाइ ठक्कर दिदा घटना स्थलमै युवकको मृत्युभएको इलाका प्रहरि कार्यालय पाटनका प्रहरि निरिक्षक गीन्द्र बहादुर बोकटिले जानकारि दिनुभयो । साँघुरो सडकका साथै निर्माण साग्रीहरु बिचरोडमा राखेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरिको अनुमान छ ।

ग्रेडर चालक सहित निर्माणको ठेक्का पाएका ठेकेदार अहिले प्रहार रहेको प्रहरिको भनाइ छ । पाटनको भिटा भन्ने ठाउँमा डेरा गरेर पढिरहेका मृतक भट्ट भिमदत्त पोलिटेक्नीकल इन्चीच्युट सिटिभिटि क्याम्पस पाटनमा अध्यनरत थिए । यस्तै ग्रेडरकै कारण दुइ तले पसलमा पुर्ण छति पुगेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।