एनसेलले घटायो सबै लोकल कलको महसुल दर, अब प्रतिमिनेट कति ?

एनसेलले घटायो सबै लोकल कलको महसुल दर, अब प्रतिमिनेट कति ?

एनसेलका ग्राहकले नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिनसक्ने भएका छन् ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर कर बाहेक रु १.९९ प्रति मिनेटबाट घटाई कर बाहेक प्रति मिनेट रु १.६२ कायम गरेको छ ।

प्रिपेड ग्राहकका लागि लागू भएको यो नयाँ महसुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै ‘पे एज यू गो’ दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको एनसेलले जनाएकाे छ ।

यो परिमार्जित नयाँ महसुल दर शुक्रबार (माघ २८) बाट लागू भएको हो । नयाँ महसुल दर अनुसार कल गर्न ग्राहकले *17107# डायल गरी सेवा निःशुल्क एक्टिभेट गर्न सक्छन् ।

नयाँ महसुल दरले ग्राहकलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउने एनसेलकाे दावी छ ।

यो नयाँ महसुल दर २०७९ साउन २४ गतेसम्म लागू रहने कम्पनीले जनाएकाे छ ।