आजको मौसम

आजको मौसम

प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही भूभागमा हुस्सु कुहिरो रहेको छ ।

दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । राती  देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । 

देशको तराई भूभागका केही स्थानमा हुसुरकुहिरो लागेको र अपरान्हपछि बिस्तारै हटेर जाने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।