स्वास्थ्यका मापदण्ड पालना गर्दै आजबाट शैक्षिक संस्था भौतिकरूपमा, सिनेमा घर पनि सञ्चालन हुँदै

स्वास्थ्यका मापदण्ड पालना गर्दै आजबाट शैक्षिक संस्था भौतिकरूपमा, सिनेमा घर पनि सञ्चालन हुँदै

कोभिड–१९को ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएसँगै बन्द भएका शैक्षिक संस्था तथा विभिन्न व्यवसायहरू आजबाट खुल्दैछ। शैक्षिक संस्थाहरू आजबाट भौतिक उपस्थितिमै सञ्चालन हुने भएको हो। 

स्वास्थ्यका मापदण्ड पालना गर्दै विभिन्न रात्रिकालीन व्यवसाय, सिनेमा घर, जिमक्लब, स्विमिङपुल, फुट्सल तथा रेष्टुराँलगायत पनि सञ्चालन गरिने भएको छ। कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसी को सिफारिसअनुसार राति १० बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने भएको हो। 

यस्तै विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सीसीएमसीसीले अघिल्लो साता नै सिफारिस गरेको थियो। 

यस्तै खेलकुद कार्यक्रम सञ्चालन गर्दा पनि एक पटकमा कुल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी सञ्चालन गर्न सिफारिस भएको छ।