फेशबुक म्यासेन्जरमा अब ३० मिनेटसम्मको भ्वाइस म्यासेज पठाउन सकिने

फेशबुक म्यासेन्जरमा अब ३० मिनेटसम्मको भ्वाइस म्यासेज पठाउन सकिने

मेटा अन्तर्गतको फेसबुकले म्यासेन्जरमा नयाँ फिचर उपलब्ध गराएको छ । जसमा म्यासेन्जरबाट कारोबारको भुक्तानी, भ्यानिश मोड र रेकर्डिङ कन्ट्रोल रहेका जस्ता नयाँ फिचर रहेका छन् ।

त्यसमध्ये भ्वाइस रेकर्डिङमा उल्लेख्य सुधार गरिएको छ । यसअघि बढीमा एक मिनेटसम्मको भ्वाइस रेकर्ड गरी पठाउन सकिन्थ्यो । त्यसलाई परिमार्जन गर्दै कम्पनीले अब ३० मिनेट बनाएको हो ।

म्यासेन्जरमा भ्वाइस रेकर्डिङका लागि नयाँ कन्ट्रोल पनि उपलब्ध गराएको छ । यसको अर्थ प्रयोगकर्ताले कुनै पनि भ्वाइस म्यासेज पठाउनुअघि त्यसलाई सुनेर पठाउन सक्नेछन् ।

यदि रेकर्डिङमा कुनै गलत भएको खण्डमा त्यसलाई डिलिट वा क्यान्सिल गर्ने विकल्प पनि उपलब्ध छ । यो फिचर म्यासेन्जरको साउन्डबार इलुस्ट्रेसनमा उपलब्ध हुने बताइएको छ ।

यसका साथै म्यासेन्जरमा भ्यानिस मोड समेत उपलब्ध हुने भएको छ । यस मोडमार्फत पठाइएको म्यासेज अर्को व्यक्तिले हेरेसँगै आफैं हराउने छ । जसमा मिम्स, जीआईएफ, स्टिकर लगायत पनि पठाउन सकिने जनाइएको छ ।

साथै स्प्लिट पेमेन्ट अप्सनमा पनि यसमा उपलब्ध हुने जनाइएको छ । यो फिचर आईओएस तथा एन्ड्रोइड दुवै भर्सनमा उपलब्ध हुनेछ । तर, हालका लागि यो फिचर अमेरिकामा मात्रै उपलब्ध हुने कम्पनीले जनाएको छ