आज भ्यालेनटाइन डे, प्रेमी जोडीहरु बिच माया साटासाट गरिने दिन

आज भ्यालेनटाइन डे, प्रेमी जोडीहरु बिच माया साटासाट गरिने दिन

आज प्रणय दिवस अर्थात भ्यालेनटाइन , प्रेमी जोडीहरु बिच माया साटासाट गरि आज यो दिवस मनाईन्छ । 

इटालीका सम्राट् क्लाउडिअस–२ ले नागरिक विवाहमा प्रतिबन्ध लगाए । उनको यो कदमको विरोधमा उत्रिएर माया अनि विवाहको पक्षमा पादरी भ्यालेन्टाइन उभिए । तर सम्राट्लाई त्यो  मन परेन । उनलाई जेल हालियो ।सम्राट्ले भ्यालेन्टाइनलाई बन्दी बनाएर राखे । तर बन्दी गृहकै एक सिपाहीकी छोरीसँग प्रेम रहन गयो । 

मृत्यु अघि उनले आफ्नी प्रेमीकाका लागि लेखेको चिठ्ठीमा तिम्रो प्यारो भ्यालेन्टाइनका तर्फबाट भनी आफूलाई प्रेषकका रूपमा गरिएको एउटा सम्बोधन।। त्यही सम्बोधन आजसम्म पनि मानव समुदाय अनि प्रेमीहरूले हृदय निकट व्यक्तिलाई आफ्ना भ्यालेन्टाइनका रूपमा सम्झिने गरिन्छ । 

उनै पादरीको बलिदानको सम्मानमा आज संसारभरि प्रेम–दिवस मनाइन्छ ।उनले विश्वभर प्रेमी–प्रेमिकाका सन्त संरक्षकको पहिचान कमाएका छन्  । उनैको सन्तको सम्झनामा विश्वभर करोडौँको सङ्ख्यामा भ्यालेन्टाइन डे कार्डहरू, चकलेटहरू, फूलहरू अनि विभिन्न उपहारहरूको आदान–प्रदान गरी यो मायालु दिनको उत्सव मनाइँदै छ ।

पश्चिमी सभ्यताबाट आयातित ‘डे’ को हल्का टिप्पणी गर्दै ‘भ्यालेन्टाइन डे’को आलोचना गर्ने पनि हाम्रो समाजमा प्रशस्त छन् । माया–प्रीति तोकिएको दिन या कुनै विशेष समय भन्दा पनि निस्वार्थ भावले सँधै भरि अँगाल्नुपर्छ भन्ने मान्यता राख्ने पनि छन् ।