गोविन्द गौतमले शहादत प्राप्त गरेको दुई वर्ष पूरा

गोविन्द गौतमले शहादत प्राप्त गरेको दुई वर्ष पूरा

कञ्चनपुर : सीमा रक्षाका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमले शहादत प्राप्त गरेको आइतबार दुई वर्ष पूरा भएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा पर्नेे आनन्द बजार नजिक कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गौतमको ज्यान गएको थियो ।

दुई वर्षअघि आजकै दिन बिहान करिब ८ बजे आक्रोशित स्थानीयको भीडले भारतीय नागरिकसँगै सीमा सुरक्षा बल (एसएसबि) का जवानहरुलाई लखेटे । त्यसपछि दुबैपक्षबीच ढुङ्गा हानाहान मात्रै भएन, अन्ततः गोली नै चल्यो ।

भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर पुनर्वास ८ का ३२ वर्षीय गोविन्द गौतमको ज्यान गएको थियो ।