एमसीसी पास हुनुपर्छ : प्रधानमन्त्री देउवा

एमसीसी पास हुनुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदन हुनुपर्ने बताएका छन् ।

संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी परियोजना एमसीसी अनुमोदन गर्नुपर्ने बताएका हुन् ।

‘उहाँले सभापति भन्नुभयो कि एमसीसी पास हुनुपर्छ’, संसदीय दलको बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले भने । उनका अनुसार बैठकमा एजेण्डा प्रस्तुत गर्दै प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गर्नुपर्ने बताएका थिए।

‘अरु सबैले त्यही बोले कि एमसीसी पास गर्नुपर्छ’, कोइरालाले भने ।