सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलले एमसीसी परियोजना प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले एमसीसी संसमा पेश गर्ने निर्णय गरेको सांसद गगन थापाले जानकारी दिए । थापाका अनुसार बैठकमा प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले भोलिको प्रतिनिधिसभा बैठकमा परियोजना पेश गर्ने जानकारी गराएका थिए ।
आजको बैठकले एमसीसी परियोजना पेश गर्ने निर्णय गर्यो । एमाले र माओवादी यसको पक्षमा छन् भन्ने बैठकको विश्वास छ,” उनले भने, “प्रधानमन्त्री भोलि परियोजना पेश हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ।”