धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रा.लिले आज आफ्नो तेस्रो वार्षिकोत्सवको अपसरमा दृष्टि फाउडेशनलाई आर्थिक सहयोग गरेको छ।
धनगढी डाइग्नोस्टिकको वार्षिकोत्सवको अवसर पारी आर्थिक सहयोग गरिएको जनाएको छ । प्रा.लीका अध्यक्ष मीनबहादुर धामीले पाँच हजारको चेक फाउण्डेशनका अध्यक्ष कल्पना भट्टलाई हस्तान्तरण गरेका बताउनुभयो ।
फाउन्डेसन सञ्चालक भट्टले आर्थिक सहयोग गरेकोमा प्रा.लिलाई धन्यावाद दिनुभयो् । उहाँले ९ महिनासम्म कुनै सरकारबाट आर्थिक सहयोग नपाइरहेको बेला विभिन्न संघसस्थाबाट थोरै भएपनि सहयोग पाउँदा खुसी लागेको बताउनुभयो ।
उहाँले आर्थिक अभावका कारण फाउन्डेसन चलाउन साह्रै गाह्रो भएकाले सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ ।