कैलालीमा शंकास्पद वस्तु फेला,नेपाली सेनाको टोली घटनास्थल जादै

कैलालीमा शंकास्पद वस्तु फेला,नेपाली सेनाको टोली घटनास्थल जादै

धनगढी । कैलालीको पुर्वी क्षेत्र लम्कीका संकास्पद वस्तु फेला परेको छ । एमसीसीको विरोध गर्दै नेकपा माओवादी विप्लब लगायतका चार दलहरुले आयोजना गरेको नेपाल बन्दका दिन कैलालीमा शंकास्पद वस्तु फेला परेको छ ।

लम्कीचुहा नगरपालिका वडा नं ३ स्थित पूर्वपश्चिम राजमार्गको धोविनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ ।

फेला परेको उक्त वस्तु बम भएको हुन सक्ने आशंका गरिएको छ । घटनास्थलमा नेपाली सेनाको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता रविन विष्टले जनाएका छन् ।