टीकाथलीमा डिसहोम फाइबरनेटको सहवितरण सोरुम

टीकाथलीमा डिसहोम फाइबरनेटको सहवितरण सोरुम

नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबरनेटले काठमाडौंको टीकाथलीमा पनि सहवितरण सोरुम सञ्चालनमा ल्याएको छ।

सोरुम उद्घाटन डिसहोमका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स  म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकार र रबिन थापाको उपस्थितिमा भएको थियो।

लामो समयदेखि डिसमिडिया नेटवर्कसँग सहकार्य गरी डिसहोमको डिटिएच सेवा ग्राहकसम्म पुर्‍याउँदै आएको टेककेयर टेक्नोलोजीले अब डिसहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने जनाइएको छ।

२ हजारभन्दा धेरै ग्राहकलाई डिसहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको टेककेयर टेक्नोलोजीले अझ बढी ग्राहकसम्म पुग्न यस सोरुमले मद्दत गर्ने टेककेयर टेक्नोलोजिका सञ्चालक दीपक थापाले बताए।