बिहीबार सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि

बिहीबार सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि

धनगढी । बिहीबार सुदूरपश्चिम प्रदेशमा थप २२ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार २४१ नमुना परीक्षण गर्दा थप २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार एक हजार २३७ नमुना एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो । २४ घण्टामा ३१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।