एमसीसीका सवालमा एमाले माछा परे पानी मुनि हात, नपरे पानी माथि हात भने जस्तो भूमिकामा छः दीपशिखा

एमसीसीका सवालमा एमाले माछा परे पानी मुनि हात, नपरे पानी माथि हात भने जस्तो भूमिकामा छः दीपशिखा

धनगढी । माओवादी केन्द्रको युवा सङ्गठन वाइसियल नेपाल योङ्ग कम्युनिष्ट लिगका केन्द्रीय इन्चार्ज तथा माओवादी पार्टी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले एमसीसीको विषयमा एमाले दोहोरो भूमिकामा रहेको बताएका छन्  । बिहीबार धनगढी पुगेका वाइसियलका इञ्चार्ज सापकोटाले प्रेस सेन्टर कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कटाक्ष गरेका हुन् । 

पत्रकारहरू सँगको अन्तरक्रियाका क्रममा उनले अहिले एमसीसीको विषयमा नेकपा माओवादी र वाइसीयल नेपाल स्पष्ट रहेको बताएका छन् । यद्धपी प्रमुख प्रतिपक्ष दल एमाले भने दोहोरो भूमिकामा रहेकोले स्पष्ट हुन जरुरी रहेको बताएका छन् । ''एमसीसीको विषयमा माओवादी तथा वाइसीयल नेपाल स्पष्ट छ । बरु हिजो आफ्नो नेतृत्वको सरकार हुँदा खेरी एमीमसीको पारित गर्नु पर्छ भनेर छाती पिटेर अगाडी बढेको थियो । अहिले माछा परे पानी मुनि हात, माछा नपरे पानी माथि हात भने जस्तो दोहोरो भूमिकामा रहेको छ । त्यसैले एमालेले स्पष्ट हुन जरुरी छ ।'' उनले भने । 

एमसीसी बारे अझ प्रस्ट पार्दै उनले मुलुकको हितमा नभएकाले यसलाई अगाडि बढाउन नहुने बताएका छन् । । ‘विदेशी सहयोग नलिने भन्ने होइन, तर मुलुकको हितमा छैन भने त्यस्तो सहयोग लिनु हुँदैन भन्ने पक्षमा हाम्रो पार्टी छ । एमसीसी जबरजस्ती पारित गरिन्छ भने सरकारबाट बाहिरिनुपर्छ भन्ने पार्टी नेतृत्वलाई सुझाव दिएका छौँ। यो जबरजस्ती लाद्न खोजिए गठबन्धन तोडिए पनि एमसीसीको पक्षमा उभिँदैन ।’

एमसीसीलाई संसदमै टेबुल गर्न नहुनेमा उनले उनको जोड छ । मुलुकको हित विपरीत हुनै पनि सन्धि सम्झौतामा माओवादी अहिलेसम्म सहभागी नभएको र  एमसीसीको पनि समर्थन नहुने उनले प्रष्ट पारे ।

यस्तै, इञ्चार्ज दीपशिखाले माओवादी केन्द्र एक्लै चुनावमा जान नसक्ने भन्ने हिसाबले हेपिएको जस्तो नभई माओवादी एक्लै चुनावमा गए पहिलो पार्टी बन्ने तरिकाले तयार रहेको र आउँदो चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने स्पष्ट पारे । ''नेकपा माओवादी केन्द्रको बारेमा बजारमा धेरै ठुला भ्रमहरू छरिएका छन् । नेकपा माओवादी केन्द्र सरकारले घोषणा गरेको निर्वाचन एक्लै लड्न तयार छ । तर मुलुकको परिस्थिति एक्लै लड्ने, एक्लै गर्ने भन्ने अवस्थामा छैन । यसरी हिँड्दा खेरी हामी सहमतिकै बाटो हिँड्नु पर्छ । तर नेकपा माओवादीको बारेमा एक्लै, तालमेल, गठबन्धन नगरीकन चुनाव लड्न सक्दैन भनेर हेपेर, हेयीएर भनिएको छ । म धनगढीबाट जवाफ दिन चाहन्छु । नेकपा माओवादी केन्द्र आउँदो चुनावमा पहिलो हुनका निम्ति कसैको पुच्छर नसमातीकन या कसैको काँध नचढीकन आफै लड्न सक्षम छ । युवाहरू त्यो मानसिकता मा छन् । र आउँदो चुनावमा पहिलो पार्टी बन्छ ।'' उनले भने । 

वाइसीएल एक निर्वाचन क्षेत्र बराबर एक हजार वाइसीएलको नीति बनाएर अभियानमा सञ्चालन गरिरहेको उनको भनाई थियो । 

वाइसियल नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो विस्तारित बैठकमा सहभागी हुन र एमसीसी विरुद्ध देशव्यापी रूपमा गरिराखेको आन्दोलनलाई मूर्तरूप दिन बिहीबार मात्रै माओवादी केन्द्रको युवा सङ्गठन वाइसियलका नेता कार्यकर्ता सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पुगेका हुन् । 

काठमाडौँमा एमसीसीको चर्को विरोध गर्दै आएका उनीहरू आज धनगढी पुगेका हुन् । वाइसिएलका केन्द्रीय इन्चार्ज तथा माओवादीका पार्टी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा) वाइसिएलका केन्द्रीय संयोजक सुमन देवकोटा (अब्दुल), वाइसिएलकै सङ्गठन विभाग प्रमुख ज्ञानेन्द्रबहादुर गुरुङ र अन्तर्राष्ट्रिय विभाग प्रमुख निङ्मा नाम्दु शेर्पा लगायतका नेताहरू कैलालीमा रहेका छन् ।