आजको मौसम : आंशिक बदली र सामान्यतया सफा

आजको मौसम : आंशिक बदली र सामान्यतया सफा

देशको पहाडी भूभागमा आंशिक बदली रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू(भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।राती देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।