धनगढीमा कोरोना खोपमा चरम लापरवाही ,१० बर्षे बालकलाई बिना रेकर्ड बाटैमा छोपेर लगाईयो खोप

धनगढीमा  कोरोना  खोपमा चरम लापरवाही  ,१० बर्षे बालकलाई बिना रेकर्ड बाटैमा छोपेर लगाईयो खोप

धनगढी । उपमहानगरपालिका २ सन्तोषीटोल बस्ने टेकराज जोशीका १० बर्षका छोरालाई स्कुल बाट घर आउने क्रममा बाटैमा छोपेर खोप लगाईएको छ ।

१० बर्षे बालक लाई स्कुल नजिकै पर्ने वडा नम्बर २ को कार्यालयमा लगेर बिना रेर्कड खोप लगाई बालकको हातमा खोप कार्ड थमाएको उनका बुवा टेकराज जोशीले जानकारी दिए । 

बालकको उमेर १० बर्ष हुनु पर्नेमा १२ बर्ष ,कुन मितिमा लगाएको र कुन खोप लगाईएको भन्ने कुरा नखुलाई वडा कार्यालयको नाम भने उल्लेख गरिएको जोशीले बताए । 

जोशीले वडा कार्यालय गएर कुन भ्याकसिन लगाएको भनी सोध्दा स्वास्थ कर्मीले भिडभाडमा आफुले कुन भ्याकसिन लाए थाहा नभएको बताए । उता वडा सचिव लाई सोध्दा कार्डमा रेकर्ड नभएको खण्डमा बच्चा आफैले खोप कार्ड बनाएको हुन सक्ने अभिव्यत्ती दिएको जोशीले जानकारी दिए । यसअघि उनले बच्चालाई खोप लगाईदिन भन्दा स्वास्थकर्मीले बच्चाको उमेर नपुगेको भनेर फिर्ता पठाएको समेत बताए ।

यसप्रकारको चरम लापरवाही भएको दुखेसो पोख्दै ,उनले आफ्नो बच्चाको स्वास्थमा केही असर भए कानुनी प्रकृयामा जाने धनगढी खबर लाई बताए ।