पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना, कस्तो रहने छ आगामी ३ दिनको मौशम ?

पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना, कस्तो रहने छ आगामी ३ दिनको मौशम ?

देशभरको मौसम सामान्यतया सामान्य रहेको छ।

दिउँसो पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपात हुनसक्ने आँकलन छ ।

भोलि आइतबार पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

पर्सि सोमबार पनि पहाडी भू-भागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।