आज (शनिवार) कमल थापाले पार्टी घोषणा गर्दै

आज (शनिवार) कमल थापाले पार्टी घोषणा गर्दै

कमल थापाले शनिबार औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै छन् ।  प्रजातन्त्र दिवसको दिन पारेर शनिबार उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गर्न लागेका हुन् । पार्टी घोषणाअघि थापाले आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गरेका छन् । 

अध्यक्षमा राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा परित्याग गरेका थापाले आफू पाँंच वर्षको अलमलपछि आफ्नो पुरानो घर राप्रपा नेपाल फर्किएको बताए ।  राप्रपा नेपाललाई पुनर्जागृत गरेको बताउँदै कार्यकर्ता र नेताहरूलाई आह्वान गर्दै थापाले भने, ‘विगतका गल्ती कमजोरीहरू सच्याउँदै नयाँ ऊर्जा र गतिका साथ अघि बढ्ने संकल्प गरेका छौँ। यो नयाँ यात्रामा सबैको सहयोग र सद्भावको निम्ति अपिल गर्दछु। विगतमा सँगै काम गरेका साथीहरूलाई यो यात्रामा साथ दिन र सहभागी हुन आह्वान गर्दछु ।’ 

लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रसा नेपालको थापा अध्यक्ष बनेका हुन् । लाक्पाले थापालाई अध्यक्ष स्वीकारेर पार्टी कमल थापाको जिम्मा लगाएका हुन् । तत्कालीन राप्रपा नेपाल राप्रपामा समाहित भएपछि लाक्पाले राप्रपा नेपाल आफ्नो नेतृत्वमा दर्ता गराएका थिए ।