एमसीसीबारे टुंगोमा पुग्न एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु

एमसीसीबारे टुंगोमा पुग्न एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ। शनिबार साढे ११ बजेपछि बानेश्वरस्थित अर्याल होटलमा समाजवादीको स्थायी किमटी सुरु भएको हो। 

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी जीवनसँग सम्बन्धित धेरै विषयहरुसमेत एमसीसीका बारेमा पनि छलफल गरि टुंगो लाग्ने बताए। एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा प्रतिवेदन बुझाएको भन्दै त्यसमाथि छलफल गरेर निष्कर्ष निकाल्ने उनले जानकारी दिए। 

सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पास गर्न नसकिने निर्णय केही दिन अघि गरेको थियो भने एकीकृत समाजवादीले एमसीसीबारे औपचारिक निर्णय गरेको छैन। तर एकीकृत समाजवादी पनि एमसीसी परिमार्जन गरेर पास गर्नुपर्ने पक्षमा रहेको छ।