दशरथचन्द नगरपालिका-४ मा नेकपा (एस) को वडा कमिटी गठन

दशरथचन्द नगरपालिका-४ मा नेकपा (एस) को वडा कमिटी गठन

बैतडी । बैतडीको दशरथ चन्दनगरपालिका वडा नम्बर ४ मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन गरिएको छ ।

शनिबार नेकपा (एकीकृत समाजवादी) का पूर्व उद्योग पर्यटन बन तथा वातावरण मन्त्री माया भट्टको प्रमुख आतिथ्यता र नेकपा एकीकृत समाज बादिका बैतडी जिल्ला अध्यक्ष महादेव भट्टको विशिष्ट आतिथ्यतामा सम्पन्न वडा अधिवेशनले तेज राज पाण्डेयको अध्यक्षतामा ४३ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा प्रकाश तिरुवा र गङ्गा वड चयन भएका छन् । यस्तै सचिवमा देवानन्द पाण्डेय तथा सह सचिवमा सुनिता ठगुन्ना चयन भएका छन् । नेकपा (एकीकृत समाजवादी) ले दशरथचन्द नगरपालिकाले वडा कमिटी गठन लाई तीव्रता दिइरहेको छ ।

नेकपा (एस) ले बैतडीमा पालिका तथा वडा स्तरमा अधिवेशन मार्फत कमिटी गठनलाई तीव्रता दिएको एकीकृत समाजवादी दशरथ चन्द नगरपालिकाका नगर कमिटी अध्यक्ष दिनेश ठगुन्नाले जानकारी दिए ।