एकीकृत समाजवादीले संसद्‌मा एमसीसी टेबल गर्न नरोक्ने

एकीकृत समाजवादीले संसद्‌मा एमसीसी टेबल गर्न नरोक्ने

सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले संसद्‌मा दर्ता भएको एमसीसी सम्झौता टेबुल गर्न दिने निर्णय गरेको छ ।

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले यथास्थितीमा पारित गर्न नसकिने तर संसद्‌मा छलफलका लागि टेबुल गर्न दिने निर्णय गरेको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।

एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनबीच नै खटपट भएपछि नेकपा (एस) ले गठबन्धन जोगाउने मझधारको बाटो लिएको छ । यसअघि माओवादी केन्द्र र नेकपा (एस) ले संसद्‌मा टेबुल गर्न नदिने अडान लिएका थिए ।

त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी अगाडि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवादमा सक्रिय थिए ।

एमाले र कांग्रेसबीचको सम्भावित वैकल्पिक गठबन्धनको बन्‍ने जोखिम भएपछि नेकपा (एस) बीच बाटो अपनाउँदै एमसीसी टेबुल गर्न दिने निर्णयमा पुगेको हो ।