गठबन्धनलाई आगामी निर्वाचनमा पानीमुनि गएपनि नछोड्ने ओलीको चेतावनी

गठबन्धनलाई आगामी निर्वाचनमा पानीमुनि गएपनि नछोड्ने ओलीको चेतावनी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयू बढिमा एक वर्षमात्रै रहेको दावी गरेका छन् ।

अध्यक्ष ओलीले अव एक वर्ष भित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हटने बताएका हुन् । शनिबार भक्तपुरको सुर्य विनायकमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई स्वार्थी भन्दै उनीहरुलाई आगामी निर्वाचनमा पानीमा गएपनि आफ्नो पार्टीले नछाडने चेतावनी दिए ।

अध्यक्ष ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आह्वान गरे । प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरुलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन ओलीको आग्रह छ ।