यसरी मनाईयो धनगढीमा ७२औँ प्रजातन्त्र दिवस

यसरी मनाईयो धनगढीमा ७२औँ प्रजातन्त्र दिवस

धनगढी । धनगढीमा पनि ७२ औ प्रजातन्त्र दिवस भब्यताका साथ मनाईएको छ ।

धनगढी उपमहानगरपालिका २ मा रहेको बुद्ध मन्दिरमा ७२ औ प्रजातन्त्र दिवस मनाईएको  हो ।

हिल वर्ड इङलिस बोर्डिङ स्कुल,सुपक कला संसार ,बुद्ध बिहार धनगढी र धर्मोदय सभाले आयोजना गरेको कार्यक्रममा सभापतिमा धर्मोदय सभा साखा कैलालीका अध्यक्ष लाहु राम चौधरी , प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय डिल्ली राज पन्त, बिशिस्ट अथितिहरु नगर उपप्रमुख सुशीला भट्ट मिश्र , कैलाली प्रमुख जिल्ला अधिकारी किरण थापा ,कैलाली प्रहरी प्रमुख उपरीक्षक बिश्व राज अधिकारी,अनुसन्धान बिभाग प्रमुख रमेश सिह डागि  र सुप साहित्य समाजका संस्थापक अध्यक्ष तथा वरिष्ठ कवि यज्ञ राज जोशीको सहभागिता रहेको थियो । 

हिल वर्ड इङलिस बोर्डिङ स्कुलका प्रीन्सिपल डिल्ली राज शर्मा ले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अथिती प्रदेश सभा सदस्य डिल्ली राज पन्त ले स्वर्गीय सहिद प्रेम लाल तुलाधर को सालिकमा खादा अर्पण गरि सम्मान गरेका थिए ।

कार्यक्रम मा बोल्दै नगर उपप्रमुख सुशीला भट्ट मिश्रले स्वर्गीय सहिद एवं ससक्त व्यक्तित्व प्रेमलाल तुलाधर को जीवन सबैका लागि सन्देश र पाठ बन्ने र सोहि अनुसरण गर्नुे पर्ने बताइन् ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रजातान्त्रिक आन्दोलनको थलो मध्ये सुदुर पछिम एक रहेको र प्रजातान्त्र प्राप्तिका लागि यहाँका सम्पुर्ण सहिदले गरेको बलिदान र संघर्ष को उच्च सम्मान गर्नु पर्ने उल्लेख गरे।

त्यसैगरी वरिष्ठ कवि यज्ञराज जोशी यात्रीले स्वर्गीय सहिदमा कविता का माध्यम बाट श्रद्धा सुमन व्यक्त गरे।

कार्यक्रममा प्रहरी तथा सशस्त्र प्रहरी लागायत ४३ सर्वसाधारण हरु ले ४३ पोइन्ट रक्त दान गरेका थिए । साथै सु प कला संसार का र अन्य कलाकार हरु ले नृत्य , गित , तथा कविता सहितको प्रस्तुती दिएका थिए ।

उक्त कार्यक्रमको उद्घोषण गुणाकर पनेरु र रमा चन्दले गरेका थिए ।