सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट पनि एमसीसीको विपक्षमा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट पनि एमसीसीको विपक्षमा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन एमसीसी को विपक्षमा देखिएका छन् । प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले एमसीसी देशका लागी राम्रो नभएको सङ्केत गरेका हुन् । 

७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारि सुदूरपश्चिम प्रदेश सरकाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको परिसरमा  आयोजित कार्यक्रममा संबोधनका क्रममा उनले विभिन्न सहयोगका नाममा राष्ट्रियतामा ठुलो सङ्कट आई लागेको बताउँदै आफू एमसीसीको विपक्षमा रहेको सङ्केत गरेका हुन् । मुख्यमन्त्री भट्टले एमसीसीलाई राष्ट्रिय सङ्कट भनेका छन् । ''अहिले तपाई हामी सबैले महसुस गरेका छौँ । हामीले हाम्रो राष्ट्रियता माथि चिन्ता गरेका छौँ । आज विभिन्न सहयोगको नाममा ठुलो सङ्कट आई लागेको छ ।'' उनले भने । 

मुख्यमन्त्री भट्टले यसको सामना गर्नको लागी सम्पूर्ण नागरिक एकठाउँमा उभिन जरुरी रहेको बताएका छन् ।