आजको मौसम

धनगढी खबर    

आजको मौसम

देशको पहाडी भूभागमा आंशिक बदली लागेको छ साथै तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

 
दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

देशको पहाडी भूभागको थोरै स्थानहरुमा मेघगर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र देशको पहाडी भूभागको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।



आइतबार ०८, फागुन २०७८ ०७:४६ मा प्रकाशित

#आजको मौसम
Loading...

प्रतिकृया दिनुहोस