एमसीसी संसदमा पेस गर्ने सत्ता गठबन्धनको निर्णय

एमसीसी संसदमा पेस गर्ने सत्ता गठबन्धनको निर्णय

अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।

बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताए ।