विरोधकाबीच एमसीसी प्रतिनिधि सभामा टेबल

विरोधकाबीच एमसीसी प्रतिनिधि सभामा टेबल

अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गर्नुभएको हो ।

सम्झौता टेबल भैरहँदा एमाले सांसद भीम रावल, एकीकृत समाजवादीका सांसद झलनाथ खनालसँगै माओवादी केन्द्रका केही सांसदहरुले उठेर बिरोध गरेका थिए । एमालेले पनि आजको बैठकमा पनि नाराबाजी गरेको छ ।

यसअघि सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एमसीसी सम्झौता टेबल गर्ने सहमति भएको थियो ।