एमसीसी सम्झौता पेस गर्ने निर्णयप्रति भीम रावलको आपत्ति

एमसीसी सम्झौता पेस गर्ने निर्णयप्रति भीम रावलको आपत्ति

प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद भीम रावलले नेपालको हितमा नरहेको एमसीसी सम्झौता पेस गर्ने निर्णयको चर्को विरोध गर्नुभएको छ । 

नेकपा एमालेका सांसदले संसद् अवरोध गरेर नाराबाजी गरिरहँदा एमालेकै सांसद भीम रावलले भने संसदमा बोल्दै एमसीसीको विरोध गर्नुभयो ।

एमसीसी सम्झौता अनुमोदन भएमा नेपालको स्वाधीनतामा ठूलो धक्का लाग्ने रावलको जिकिर छ ।