एमसीसीबारे हाम्रा असहमति कायमै छन् : रामकुमारी झाक्री

एमसीसीबारे हाम्रा असहमति कायमै छन् : रामकुमारी झाक्री

नेकपा एकीकृत समाजवादीकी सचिव एवं  शहरी विकासमन्त्री रामकुमारी झाक्रीले एमसीसीमा आफ्नो पार्टीका तर्फबाट धेरै असहमति रहेको बताइन्।

तर,  संसद्‌मा छलफल हुनुपर्ने मान्यता राखेर नै टेबल गर्ने दिने पक्षमा निर्णय भएको उल्लेख गरिन्। एमसीसी टेबल भइसकेकाले यो संसद्को अभिन्न अंग भएको भन्दै अब यहीँभित्र छलफल हुने उनले बताइन्।

संशोधन गर्ने कुरामा सरकारले सहयोग गर्ने र संशोधन गर्ने कुरा संसद्‌बाटै निर्णय हुने मन्त्री झाक्रीले बताइन्।