बाजुराको धुलाचौरमा थ्रीजी इन्टरनेट सेवा सुरू

बाजुराको धुलाचौरमा थ्रीजी इन्टरनेट सेवा सुरू

बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा थ्रीजी इन्टरनेट सेवा सञ्चालन सुरु भएको छ । देशका केही स्थानमा फाइभ जी इन्टरनेट सुरू भइसके पनि बाजुरामा भने भर्खरै थ्रीजी इन्टरनेट सेवा विस्तार भएको हो ।

हिमाली गाउँपालिका धुलाचौर बाजुरा थ्रीजी इन्टरनेट सेवा आजबाट सुरुवात भएको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । हुम्ला जिल्लामा पर्ने केही स्थानीय तहका नागरिकसहित मुगुको केही स्थानीय तहका नागरिकलाई इन्टरनेट पहुँचमा रहने गरी थ्रीजी नेट सेवा सञ्चालन गरेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए ।

हिमाली भरीका स्थानीयले सेवा लिने गरि इन्टरनेट टावरको जडान गरेको उनको भनाइ छ । अध्यक्षले भने, ‘आफ्नो कार्यकालमा स्वास्थ, शिक्षा, यातायात, खानेपानी, बिजुली बत्तीको व्यवस्था पूर्ण रुपमा गरेका छौं ।’