एमसीसी सदनमा टेबल हुनु सकारात्मक हो : कानुनमन्त्री बडू

एमसीसी सदनमा टेबल हुनु सकारात्मक हो  : कानुनमन्त्री बडू

कानुनमन्त्री दिलेन्द्र बडूले एमसीसी प्रतिनिधि सभामा टेबल हुनुलाई सकारात्मक भएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सडकमा छलफल भइरहेको विषय सदनमा प्रवेश गरेको बताए।

'प्रतिनिधि सभाको नियमावली अनुसार अब संसद्‌मा प्रवेश गरेको छ। केही सांसद्हरुले बोलेर पनि आफ्नो प्रतिक्रिया दिनुभएको छ। आज नै छलफल सुरु भयो। यो सकारात्मक हो', बडूले भने।

सडकमा छलफल भइरहँदा मुलुकले जवाफ दिन नसक्ने भन्दै बडूले सदनमा भएको छलफलको मुलुकले जवाफ दिनुपर्ने बताए।