झलनाथ खनालले भने-'संसदमा संविधान मिचेर लज्जास्पद काम गरियो'

झलनाथ खनालले भने-'संसदमा संविधान मिचेर लज्जास्पद काम गरियो'

नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले संसद्मा जबर्जस्ती एमसीसी टेबल गरेर संविधान मिचिएको बताएका छन् । 

संसद बैठकमा सहभागी भएर फर्किने क्रममा संक्षिप्त प्रक्रिया दिँदै खनालले संविधानको व्यवस्था भन्दा बाहिरबाट संसदमा एमसीसी टेबल गरेर गलत काम भएको दाबी गरेका हुन् । 

‘संविधानमा संघीय ऐन बनाएर मात्रै सन्धि सम्झौता संसद ल्याउन र अनुमोदन गर्न मिल्ने भनेको छ । संघीय ऐन नै नबनाई संविधान मिचेर जबरजस्ती टेबल गर्ने काम भयो । यो संविधान विरोधी काम हो,’ खनालले भने । 

प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण संसद नचलेको बेला दीर्घकालीन महत्त्व र राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषयलाई जबर्जस्ती प्रस्तुत गरिनु लज्जास्पद विषय भएको खनालले बताए ।