सुदूरपश्चिममा थप ३१ जनामा कोरोना पुष्टि, २४ जना संक्रमणमुक्त

सुदूरपश्चिममा थप ३१ जनामा कोरोना पुष्टि, २४ जना संक्रमणमुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशमा आइतबार थप ३१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार २६४ नमुना परीक्षण गर्दा थप ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार एक हजार २४२ नमुना एन्टिजेन परीक्षण गर्दा २९ जना र २२ नमुना पिसिआर गर्दा दुईजना गरी थप ३१ जनामा संक्रमण देखिएको हो ।

यस्तै २४ घण्टामा २४ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । आज भारतबाट फर्किएका १५ जनामा संक्रमण देखिएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।