सेती प्रयोगशालामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रयोगशालामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३५ नमुना परीक्षण गर्दा थप दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा एकजना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । भने दुईजना नयाँ संक्रमित विरामी अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा सातजना संक्रमित विरामी उपचाररत छन् ।

तीमध्ये तीनजना आइसियु र एकजना संक्रमित विरामीको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।