धनगढीको टिनटिन बार एण्ड रेष्टुरेन्टबाट उद्धार गरिएकी तीन किशोरी आफु खुसी काम गर्न आएको खुलासा

धनगढीको टिनटिन बार एण्ड रेष्टुरेन्टबाट उद्धार गरिएकी तीन किशोरी आफु खुसी काम गर्न आएको खुलासा

धनगढी । धनगढी उपमहानगरपालिका ४ रातोपुलमा रहेको टिनटिन बार एण्ड रेष्टुरेन्टमा बन्धक बनाएर राखेको भनिएका तीन किशोरी आफु खुसी रेष्टुरेन्टमा काम गर्न आएको खुलेको छ ।

तीन जना किशोरीहरु र रेष्टुरेन्ट सञ्चालक बिच भएको सम्झौता अनुसार उनीहरु आफु खुसी रेष्टुरेन्टमा काम गर्न आएको र शर्त अनुसार बाहिर काम गर्न जान नपाईने भएकाले सञ्चालकले जान नदिएको हुदा किशोरीहरुले बन्धक बनाएर राखेको भनी गुनासो गरेको सोधपुछ बाट बुझिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीका बताए ।

धनगढी उपमहानगरपालिका ४ रातोपुलमा रहेको टिनटिन बार एण्ड रेष्टुरेन्टमा सोमबार छापा मारेको थियो । बारमा तीन किशोरीलाई सात महिनादेखि बन्धक बनाएर राखेको गुनासो आएपछि प्रहरीले उक्त बारमा छापा मारेको हो ।

रेष्टुरेन्टका सञ्चालनले आफू बाहिर जाँदा ताला लगाएर जाने गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट डिएसपी रविन विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको थियो  । 

यता रेष्टुरेन्ट सञ्चालक भने प्रहरीको नियन्त्रणमा रहेको डिएसपी जोशी जानकारी दिए ।