कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ

कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित एकजना पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहाँ नगरपालिका १ लम्की बस्ने २३ बर्षीय राजु चौधरीलाई प्रहरीले लागूऔषध (खैरो हिरोईन) सहित पक्राउ गरेको हो ।

गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरको कोठामा बसी सेवन गरिरहेको अवस्थामा फेला पारेको थियो ।

खान तलासी गर्दा स-साना ५ वटा पुडीया प्लाष्टिकसहित तौल गर्दा ५५० मिलिग्राम लागूऔषध (खैरो हिरोईन) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।