हरेक क्षेत्रमा अवसर नै अवसर भएको कोर्स : "बिजेएमसी"

हरेक क्षेत्रमा  अवसर नै अवसर भएको कोर्स : "बिजेएमसी"

क्षा १२ पछि के पढ्ने ? कुन विषय पढेकाले के पढ्न पाउँछन्? पढेपछि के बन्ने ? के कस्ता अवसर छन्? विषय कसरी छनोट गर्ने ? नेपालमा के कस्ता विषयको पढाइ हुन्छ ? विश्व बजारमा प्रतिस्पर्धा गर्न कुन विषय उपयुक्त हुन्छ ? यी र यस्तै प्रश्नलाई समेटेर कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई विषयको महत्त्व, सम्भावना, छनोट आदिका विषयमा विद्यार्थीहरूले जानकारी नपाउँदा उचित निर्णय लिन सकिरहेका हुँदैनन् । यो आलेखमा हामीले पछिल्लो समयमा निकै रुचाइएको र सम्भावना भएको ४ बर्से स्नातक तहमा अध्ययन हुने बिजेएमसीका विषयमा विभिन्न आयाम बाट स्पष्ट पार्ने प्रयास गरेका छौ । विद्यार्थी र अभिभावकलाई सजिलो बनाउने उद्देश्यले यो आलेख  तयार गरिएको हो । 

के हो बीजेएमसी ?

ब्याचलर इन जर्नालिज्म एन्ड मास कम्युनिकेसन (बीजेएमसी) मिक्स प्रकारको कोर्स हो । अझ भन्दा यो आमसञ्चार, पत्रकारिता र सामाजिक सञ्जाल (सोसेल मिडिया) विषयमा अध्ययन अनुसन्धान गर्ने शिक्षा हो ।

यो कोर्समा विशेष त मिडिया र मिडियाका प्रविधि सँग सम्बन्धित विषयहरूलाई बढी प्राथमिकता दिइएको हुन्छ । विश्व समुदायमा मिडियाको प्रयोग कसरी भएको छ ? राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पत्रकारिता र आमसञ्चारले कस्तो प्रभाव पार्छ ? मिडियामा कस्तो प्रविधिहरूको प्रयोग गरिन्छ ? यो कोर्समा पत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, विज्ञापन,सामाजिक सञ्जाल लगायतका विषयको अध्ययन गर्न सकिन्छ ।

कस्तो कोर्स हो ?

बीजेएमसी स्नातक तहको चार बर्से कोर्स हो । यो कोर्स त्रिभुवन विश्वविद्यालय अन्तर्गत सुदूरपश्चिम प्रदेश भरीमा धनगढीमा रहेको सुदूर पश्चिमाञ्चल क्याम्पसमा मात्र पढाइ हुन्छ । आमसञ्चार र पत्रकारिता मानविकी सङ्काय अन्तरगत पढाइ हुन्छ ।

बीजेएमसीमा आमसञ्चार र पत्रकारिताका साथै सामाजिक सञ्जाल, सूचना समाज, समाज, सामाजिक सङ्घसंस्था र मिडियाको सम्बन्ध लगायतका अहिलेका महत्वका विषय पनि समावेश गरिएको छ । सैद्धान्तिक पक्ष पढेर मात्र हुँदैन मिडियामा प्रयोग गरिने प्राविधिक तथा समावेश गरिने विषयवस्तु र आवश्यकताका सम्बन्धमा समेत यो कोर्सले सम्बोधन गरेको छ । बीजेएमसी पछि मास्टर्स लेभलमा एमसिजे पढ्न सकिन्छ ।

कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?

कति खर्च लाग्छ? 

धनगढीमा रहेको सुदूर पश्चिमाञ्चल क्याम्पसका स्नातक तहको चार बर्से कोर्स पुरा गर्न १ देखी १ लाख ५० हजार सम्म खर्च लाग्छ ।

छात्रवृत्तिको व्यवस्था ?

सुदूर पश्चिमाञ्चल क्याम्पसले विभिन्न विधामा छात्रवृत्तिको व्यवस्था गरेको छ । 

इन्टर्नसिप र प्राक्टिकल ?

बीजेएमसी प्राक्टिकल कोर्स हो । इन्टर्नसिप अनिवार्य गर्नुपर्छ । मिडिया कम्पनी वा विज्ञापन एजेन्सी तथा मिडिया क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने संस्थाहरूमा इन्टर्नसिप गर्न सकिन्छ ।

इन्टर्नसिपमा राम्रो गर्नेलाई मिडियामा आकर्षक कामको अवसर समेत मिल्छ । कलेजमै पनि रेडियो, पत्रिका, टेलिभिजन, फोटोग्राफीमा प्राक्टिस गर्न सकिन्छ । समाचार लेखनदेखि सम्पादन सम्म यो अवधिमा सिकाइन्छ ।

पढ्नुपर्ने मुख्य विषयहरू :

कस्तो रुचि भएकाले पढ्ने ?

आम नागरिक तथा समाजसँग जोडिने भएकाले लेखन, बाल्ने क्षमता राम्रो भएकाको लागि यो कोर्स उपयुक्त हुन्छ । दिन रात जुनसुकै समयमा पनि फिल्डमा निस्कनु पर्ने भएकाले घुमफिरमा रमाउने र समुदायसँग घुलमिल गर्न रुचि भएकाहरूले यो कोर्स पढ्दा राम्रो हुन्छ ।

कुन क्षेत्रमा काम गर्ने ?

यो विषयको अध्ययन पछि अझ पढ्दा पढ्दै मिडिया तथा सामाजिक कार्य गर्न चाहानेहरुका लागी पनि यो विषय उपयुक्त मानिन्छ । मिडिया बाहेक जनसम्पर्क (पब्लिक रिलेसन), सूचना क्षेत्र, प्रवक्ता, डकुमेन्टेसन लगायतका कार्यका लागी यो विषय अध्ययन गरेका हरुलाई उच्च प्राथमिकतामा राख्ने गरिन्छ ।

कति कमाउन सकिन्छ ?

सरकारी जागिर खाने हो भने सरकारले तोकेको तह अनुसारको तलब पाइन्छ । पत्रकारिता तथा अन्य सङ्घसंस्था काम गर्ने हो भने मासिक सरकारले तोकेको न्यूनतम २४ हजार देखी १ लाख सम्म तलब कमाउन सकिन्छ । अझ क्षमता दक्षताको आधारमा २४ हजार भन्दा माथि पनि कमाउन सकिन्छ भने आफैँ मिडिया कम्पनी वा एड्भटाइजिङ एजेन्सी चलाउन सकिन्छ ।

पत्रिका, रेडियो, टेलिभिजन, अनलाइन मिडिया र एड्भटाइजिङ एजेन्सीका लागि दक्ष जनशक्ति अहिलेको आवश्यकता हो । यसअघि पत्रकारिता पढ्ने व्यवस्था थिएन । तालिमकै भरमा अभ्यास हुन्थ्यो । पछिल्लो समय पत्रकारिता पढ्ने विद्यार्थीको संख्या बढेको छ । हाल आएर पत्रकारिता पढेर नै पत्रकार बनेका छन् । जसले पढेर काम गर्छ उसले मिडिया इथिक्स बुझेको हुन्छ । पढेकाले पत्रकारिता गर्दा आचारसंहिता अनुसार सत्य, तथ्य र निष्पक्ष समाचार आम जनतालाई सूचित गराउन सक्छ ।

आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक हरेक क्षेत्रको विकासमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ ।  बजारमा दक्ष पत्रकारको माग बढ्दो छ । स्थानीय, प्रदेश र केन्द्र सरकारले हरेक कार्यालयमा सूचना अधिकारी राख्न थालेको छ । प्राइभेट कम्पनीहरूले पनि सूचना प्रवाहका लागि पत्रकारिता पढेकालाई नै प्राथमिकता दिने गरेको छ । त्यसैले आमसञ्चार पत्रकारिता शिक्षालाई प्रभावकारी बनाउन आवश्यक छ । 

विजेएमसी संगै अर्काे कुन  विषय छान्ने ?

त्रिभुवन विश्वविद्यालय अन्तरगत स्नातक तहमा यो विषय (विजेएमसी) सँगै एउटा अर्को विषय अध्ययन गर्न सकिन्छ । विद्यार्थीको रुचि अनुसार ऐच्छिक अङ्ग्रेजी, समाजशास्त्र एवं सासेलवर्क मध्य एक विषय छानेर अध्ययन गर्न सकिन्छ । विजेएमसी सँगै अङ्ग्रेजी विषय पढ्नेहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रहेका विभिन्न सरकारी, गैरसरकारी सङ्घसंस्था तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा आकर्षक तलब सुविधा सहित काम गर्न सक्छन् भने समाजशास्त्र एवं सामाजिक कार्य अध्ययन गर्नेहरूका लागी समेत यो कोर्स निकै प्रभावकारी रहेको छ । समाजको अध्ययन, सामाजिक कार्यमा रुचि, संरचनात्मक अवधारण लगायतका कार्यमा मिडियाको अध्ययनले निकै लाभ पुग्दछ । “ग्लोबल भिलेज” को अवधारणाबाट आजको समाज परिचालन भइरहेको अवस्थामा मिडिया उद्योगलाई नै यसको जस जान्छ ।

मिडियामा बढ्दो लगानी सँगै यसको दायरा बढी रहेको अवस्थामा दक्ष जनशक्ति उत्पादन हुने विषयका रूपमा आमसञ्चारको अध्ययनलाई लिइन्छ । 

बिजेएमसीमा मिडिया उद्योगमा चाहिने सबै जनशक्ति उत्पादन गर्ने गरी कोर्स डिजाइन गरिएको छ । यो विषय अध्ययन गरेपछि आमसञ्चार, पत्रकारिता, एड्भटाइजिङ, सिनेमा, फोटोग्राफी, अनुसन्धान लगायत जुन क्षेत्रमा पनि काम गर्न सकिन्छ । नेपाल सङ्घीय संरचनामा बामे सर्दै छ ।

सङ्घीय व्यवस्था ल्याउन प्रेसको भूमिका महत्त्वपूर्ण छ । त्यसैले राज्यले यसलाई चौथो अं गमा राखेको छ । आमसञ्चार र पत्रकारिता आवाज विहीनहरूको आवाज हो । हरेक कुनामा लुकेर बसेका आम नागरिकको दुःखलाई राज्यसम्म पुयाउने र राज्यले गरेका काम जनतासँग पु¥याउने कार्य गर्छ मिडियाले । पत्रकारिता जनता र राज्यको पुल हो । अहिले व्यावसायिक पत्रकारिता पनि फस्टाउँदो छ ।

पत्रिका, रेडियो, टेलिभिजन, अनलाइन जस्ता मिडिया दिनप्रतिदिन बढ्दो छ । सङ्घीय संरचना अनुसार मिडिया कम्पनी बिस्तार भएका छन् ।